Pratibha Community Library

इतिहास

श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको ऐतिहासिक परिचय :

      (अपडेट मिति : २०७८ /९/१४)

         (पुस्तकालयमा उपलब्ध दस्तावेजहरूको आधारमा तयार पारीएको अभिलेख)


    २०५६ साल कार्तिक २५ गते लक्ष्मीपूजा/दिपावलीका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तिको अवसर पारेर अत्तरिया,कैलाली स्थित श्री दुर्गा लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा साहित्यिक कार्यक्रमको आयोजना गरियो । त्यस कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार श्री वामनप्रसाद न्यौपानेज्यू हुनुहुन्थ्यो । उक्त साहित्यिक कार्यक्रममा अत्तरिया क्षेत्र बरपरका वौद्धिक व्यक्तित्व, व्यापारी, स्थानीय समाजसेवी,विद्यार्थी र शिक्षक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस दिनको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले आफ्नो भाषणमा “सवै तह र परिस्थितिका मानिसहरू लाई शिक्षा, धर्म र संस्कृति प्रति सचेत गराउन विद्यालयले मात्र पर्याप्त नहुने हुँदा  प्रत्येक गाँउ र समाजमा एउटा सार्वजनिक पुस्तकालयको अनिवार्य खाँचो पर्छ” भनेर प्रकाश पार्नुभयो । उहाँले “साहित्य विनाको समाज अधुरो हुन्छ, स्थानीय भाषा,संकृति,गीत,भेष–भूषा,साहित्य,रहन–सहन र चाडपर्वहरू नै हाम्रा अमूल्य सम्पदा हुन्, यिनीहरूको जगेर्ना हामीसबैले आ–आफ्नो क्षेत्रबाट मिलेर गर्नु पर्छ, यो एकल प्रयासले सम्भव हुँदैन” भनेर प्रकाश पार्नुभएको थियो । भाषणको अन्तमा प्र.जि.अ. बामनले तपाईहरू अत्तरियामा साहित्यिक/सांस्कृतिक गतिविधि अघि बढाउनुहोस्, यसको लागि एउटा सामुदायिक स्तरको पुस्तकालय स्थापना गर्नुहोस् भनेर आफ्नो मन्तव्य राख्नुभयो । आफुले गर्न सक्ने सबै किसिमको सहयोग खुल्ला हृदयले गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयो । यो कुरा समारोहमा उपस्थित सबै सहभागीहरूलाई मन परेपछी औपचारिक कार्यक्रमको समापन संगै  त्यसै दिन अत्तरियामा एउटा सामुदायिक पुस्तकालय स्थापनाका लागि सात सदस्यीय तदर्थ समिति समेत गठन गरिएको थियो । जस अनुसार :
१.संयोजक : श्री कृष्णदत्त पनेरू ‘वञ्चित’ (शिक्षक, दुर्गालक्ष्मी मा.वि.,अत्तरिया)
२.सदस्य : श्री रामचन्द्र विनाडी (प्र.अ.,दुर्गालक्ष्मी मा.वि.,अत्तरिया)
३.सदस्य : श्री कुमारप्रसाद निरौला (प्र.अ.,शहिद दसरथ चन्द प्रा.वि.,गोदावरी)
४.सदस्य : श्री विनोदकुमार भट्टराई (शिक्षक, पहलवानसिंह मेमोरीयल स्कुल)
५.सदस्य : श्री दीर्घराज भट्ट (शिक्षक, सरस्वती मा.वि.,ओलानी)
६.सदस्य : श्री डम्बरबहादुर पाल (प्रिन्सीपल, लोटस आई, ई.बो.स्कुल,अत्तरिया)
७.सदस्य सचिव :  श्री गोपाल प्रसाद घिमिरे (अत्तरिया)
यिनै सात जना सदस्यहरूलाई पछि पुस्तकालयको विधानमा संस्थापक सदस्य भनेर उल्लेख गरियो ।
तदर्थ समिति लाई मुख्यरूपमा ४ कामको जिम्मा लगाइएको थियो ।
(१) भावी हुने पुस्तकालयको भवन निर्माणको लागि स्थान चयन,
(२) पुस्तकालयका लागि तत्काल आवश्यक पर्ने कटेरो निर्माण गर्न उप–समितिको गठन,
(३) पुस्कालयको विधान लेखन ,
(४) पुस्तकालयको नामकरण गरी सम्बन्धित निकायमा दर्ता गर्ने कार्य ।
          पुस्तकालय तदर्थ समितिले अत्तरिया पूर्वरोडमापर्ने तत्कालिन गेटा गा.वि.स.वार्ड नं ३ दुर्गामंदिरमा २०५७ साल आषाढ १२ गते अनौपचारिक आमभेला बोलायो । उक्त  आमभेलाले त्यस विषयमा व्यापक छलफल गरी यसक्षेत्रका सवै जनतालाई पायक पर्ने ठाउँ यसै दुर्गा मंदिर संग जोडिएको पूर्व पट्टिको खाली दुईकठ्ठा सरकारी जग्गालाई पुस्तकालय भवन निर्माण गर्नभनी छनौट गरयो। पुस्तकालयको नाम ‘श्री प्रतिभा पुस्तकालय’ हुने भनेर सर्वसम्मति बाट पारित गरियो । ‘श्री प्रतिभा पुस्तकालय’ शब्दको शब्द संयोजन शहिद दशरथचन्द प्रा.वि., गोदावरी–८ का प्र.अ.श्री कुमारप्रसाद निरौलाले गर्नुभएको थियो । पुस्तकालयको विधानको प्रारूप सरस्वती मा.वि. ओलानीका शिक्षक श्री दीर्घराज भट्टले तयार पार्नु भएको थियोे । २०५७ साल असोज ३० गते जिल्ला प्रशासन कार्यालय धनगढी,कैलालीमा प्रमुख जिल्ला अधिकारी श्रीवामन प्रसाद न्यौपानेको विशेष पहल र सहयोग मा पुस्तकालयको विधान दर्ता गरियो ।
              वि.सं २०५७ साल पौष १४ गते पुस्तकालय तदर्थ समितिका संयोजक कवि श्रीकृष्णदत्त पनेरू वञ्चितको अध्यक्षतामा तत्कालिन गेटा गा.वि.स.–३ अत्तरिया चौराहा स्थित दुर्गामन्दिर प्राङ्गणमा प्रथम औपचारिक आमभेला बोलाइयोे । उक्त आम भेलामा मालाखेती गा.वि.स.का तत्कालीन अध्यक्ष श्री दीर्घराज भट्ट र गेटा गा.वि.स.का तत्कालीन  अध्यक्ष श्री शान्त बहादुर कार्कीको पनि सहभागिता रहेको थियो । अध्यक्ष शान्तबहादुर कार्कीले पुस्तकालय स्थापनाको लागि आफ्नो गा.वि.स. बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । उक्त आम भेलामा सर्वप्रथम पुस्तकालयको कटेरो (कच्चीघर) निर्माणका लागि कटेरो निर्माण उप–समितिको गठन गरिएको थियो । जस अनुसार :
१.संयोजक : चिन्तामणी घिमिरे
२.सह–संयोजक : स्व.भीम बहादुर खत्री
३.सदस्य : श्री देवीदत्त ओझा
४.सदस्य : श्री पुष्पराज जोशी,
५.सदस्य : श्री धनीराम पनेरू,
६.सदस्य : श्री तुलसीराम पौडयाल
७.सदस्य : श्री नन्दराज भट्ट
गरी जम्मा सात सदस्यीय उप–समिति गठन गरिएको थियोे । साथै  उक्त आम भेलाले कटेरो निर्माणार्थ चन्दा संकलनकोलागि आवश्यक छलफल गरी आगामी आमभेलामा ठोस निस्कर्ष निकाल्ने समेत निर्णय गरेको थियो । कटेरो निर्माण गर्दा तदर्थ समिति र निर्माण समितिका सदस्यहरु अतिरिक्त सावित्रा घिमिरे, शारदा निरौला, सावित्रा प्रसाईं, ईश्वरी आचार्य, टीकामाया पौडेल, लीलादेवी पौडेल, लक्ष्मी दाहाल, लक्ष्मी प्रसाईं, रुमा निरौला र जानकी श्रीस लगायतका महिलाहरुले कटेरो लिपपोत लगायतका कार्यहरुमा उल्लेखनीय सहयोग पुरयाउनु भएको थियो । त्यस्तै मालाखेती – ९ बसन्तपुर निवासी यस क्षेत्रका स्थानीय समाजसेवी श्री पुष्पराज जोशीज्यूले पुस्तकालयलाई तत्काआवश्यक दुई डल्लप खन्जड ईट्टा निःशुल्क उपलब्ध गराउँनु भएको थियो । 
          यस प्रतिभा पुस्तकालयको दोश्रो आम भेला पुस्तकालय कटेरो निर्माण समितिका संयोजक श्री चिन्तामणि घिमिरेज्यूको अध्यक्षतामा २०५७ साल फागुन १२ गते बस्यो । उक्त आमभेलाले सर्वप्रथम पुस्तकालय स्थापनाको लागि चयन गरिएको ठाउँ  गेटा गा.वि.स.वार्ड नं ३ दुर्गा मन्दिर संगै को पूर्व पट्टिको खाली २ कठ्ठा जग्गामा कटेरो निर्माण उप–समितिले ८ ट्रक बालुवा भरान गरिसकेकोेले प्रति ट्रक रू.६७५/– का दरले जम्मा रू. ५४००/– खर्च अनुमोदन गरयो। कटेरो निर्माणका लागि आवश्यक रू.१५,०००/– को व्यवस्था मिलाउन कटेरो निर्माण उप–समितिले नयाँ कार्यसमिति चयन भइसके पछि उक्त समिति संग सो रकम माग गर्ने निर्णय पारित गरेको थियो ।
                       पुस्तकालय तदर्थ समितिका अध्यक्ष श्री कृष्ण दत्त पनेरूज्यू को संयोजकत्वमा २०५८ साल जेष्ठ २३ गते विश्व वातावरण दिवशका दिन कवि गोष्ठी गरी यस पुस्तकालयको (प्रथम औपचारिक कार्यक्रम) सु–सम्पन्न गरियो । त्यस कार्यक्रममा यस क्षेत्रका साहित्यप्रेमी ,विद्यार्थी, शिक्षक,लगायतको ठूलो उपस्थिति थियोे । प्रमुख अतिथिको रूपमा लक्ष्मीनारायण मन्दिर धनगढीका महन्त प्राज्ञ श्री देवराज स्वामी ज्यूलाई आमन्त्रित गरिएको थियो ।
      पुस्तकालय तदर्थ समितिका अध्यक्ष श्री वञ्चितज्यूको संयोजकत्वमा २०५८ आषाढ २ गते सबै आजीवन सदस्यहरू लाई पत्राचार गरी यस पुस्तकालयको प्रथम साधारण सभा बोलाइयो । उक्त आम सभाले यसअघि लिइदै आएको आजीवन सदस्यता शुल्क रू.५०५/– र साधारण सदस्यता शुल्क रू.५५/– अनुमोदन गर्यो, साथै यथाशीघ्र नयाँ कार्य कारिणी समितिको निर्वाचन गर्ने निर्णय पनि सर्व सम्मतिबाट पारितगरियो । २०५८ साल आषाढ १४ गते यस पुस्तकालयका आजीवन सदस्य श्री केशवराज जोशी ज्यू लाई पुस्तकालयको विधान अनुसार निजले निर्वाचनमा भाग लिन नपाउने गरी प्रथम निर्वाचन आयुक्त नियुक्त गरियो । आयुक्तले बढीमा ३ जना  सम्म निर्वाचन सहयोगी राख्न पाउने विधान थियो । विधानमा निर्वाचन कार्य सहयोगी हरूले पनि निर्वाचनमा भागलिन नपाउने व्यवस्था गरिएको थियो । पहिलो कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित भयो । जस अनुसार :

१.अध्यक्ष : कृष्ण पनेरू वञ्चित,
२.उपाध्यक्ष :  श्री हरिप्रसाद ओझा,
३.सचिव : श्री कुमार निरौला,
४.सह–सचिव : श्री धनिराम पनेरू,
५.कोशाध्यक्ष : श्री भीम बहादुर महरा,
६.सदस्य : श्री नविन्दुलाल कर्ण,
७.सदस्य : श्री पिताम्वर न्यौपाने,
८.सदस्य : श्री विनोदकुमार भट्टराई,
९.सदस्य : श्री गोपाल ढुङ्गाना,
१०.सदस्य : श्री देवीदत्त ओझा,
११.सदस्य : श्री महेश्वर बास्कोटा

गरी पुस्तकालयको विधान अनुसार जम्मा एघार सदस्यीय कार्य समितिको गठन गरिएको थियो । प्रथम कार्यकारिणी समितिको प्रथम बैठक २०५८/३/२५ गतेका दिन बसेको थियो । त्यस दिनको बैठकमा सात सदस्यीय प्रथम पुस्तकालय सल्लाहकार समिति गठन गरिएको थियो । जस अनुसार :
१.सल्लाहकार संयोजक : श्री शान्त बहादुर कार्की,
२.सदस्य : श्री तुलसीराम पौडयाल,
३.सदस्य : श्री रामचन्द्र विनाडी,
४.सदस्य : श्री दीर्घराज भट्ट,
५.सदस्य : श्री भोजराज पाठक,
६.सदस्य : श्री पुष्पराज जोशी
७.सदस्य : श्री केशव नारायण जोशी
 २०५८ साल भाद्र २ गते नेपाली कांगे्रस आवद्ध कैलाली जिल्लाका तत्कालिन सभापती श्री नारायण दत्त मिश्र ज्यू को कर कमल बाट यस पुस्तकालयको अस्थाई कटेरोको  प्रथम समुद्घाटन गरिएको थियो । २०५८ साल असोज ६ गते यस पुस्तकालयको प्रथम लेखा परीक्षण श्री भरतराज जोशी ज्यू ले निःशुल्क रूपमा गर्नु भएको थियो । आउँदा केही वर्षहरूमा यो सेवाकार्य लाई उहाँले  निःशुल्क रूपमा  निरन्तरता दिनुभएको थियो ।
             भर्खरै उद्घाटन भएकोकले पुस्तकालय संचालनगर्न थुप्रै समस्या र बाधा हरू थिए । कटेरोमा बिजुली थिएन,पंखाको पनि आवश्यकता थियो ,पुस्तकालय खोल्ने–बन्द गर्ने कर्मचारी थिएन, पुस्तकालयको खातामा पंैसा पनि थिएन । आजीवन सदस्यता बाट प्राप्त रकम अन्यत्र खर्च नगरी बैंकमा मुद्दती खाताखोली  अक्षयकोषको स्थापना गर्ने र पुस्तकालय दैनिक रूपमा संचालन गर्न अन्यश्रोतबाट प्राप्त रकम तथा उक्त अक्षयकोषकोे व्याज मात्र उपयोग गर्र्ने  व्यवस्थापन समितिको साझा सहमति थियो । २०५९ वैशाख २ गते पुस्तकालय परिसरसंगै रहेको दुर्गा मन्दिरबाट बिजुलीमाग गरी पुस्तकालयमा सब–मिटर राखी खपत यूनिट अनुसारको रकम दुर्गा मन्दिर समिति लाई दिनेगरी पुस्तकालयमा विद्युतको प्रवन्ध मिलाइएको थियो । पुस्तकहरू राख्ने एक काठको दराज र एकथान पंखा गेटा गा.वि.स. बाट उपलब्ध भयो । त्यसै वर्ष अत्तरिया क्षेत्रका दुइजना प्रतिष्ठित व्यापारीहरु मध्ये भोजराज पाठक बाट एउटा राम्रो टेबल र लालबहादुर बोगटीबाट एउटा पुस्तकराख्ने दराज प्रप्त भएको थियो । पुस्तकालय दैनिक रूपमा संचालन गर्नको लागी आर्थिक अभावका कारण समय सापेक्ष पारिश्रमिक दिन सक्ने परिस्थितिपनि थिएन, संयोग बस गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारका परिब्राजक समाजसेवी मालाखेती गा.वि.स. वडा नं ९ बास्कोटा निवासी श्री हेमराज जोशीले सामान्य चियापान खर्चमा पनि आफु पुस्तकालय संचालन सेवागर्न तयार रहेको जानकारी गरे पछि निज लाई मासिक रू.५००/– पाउने गरी २०५८ असोज ३० गते बाट यस पुस्तकालयको प्रथम कर्मचारीको रूपमा नियुक्ती दिइयो । त्यतिबेला पुस्तकालयको आम्दानीको वाह्यश्रोत भनेको कार्यकारिणी समितिका सदस्यज्यूहरू बाट र अत्तरियाका केही उदारमना व्यापारीज्यूहरू बाट प्राप्तहुने मासिकलेवी मात्र थियो । पुस्तकालय  कार्य–समितिका सदस्यज्यूहरू बाहेक पुस्तकालयलाई नियमित रूपमा रू.१० देखी रू.५० सम्म अंश दान गर्ने व्यापारी सदस्य ज्यूहरू निम्नानुसार थिए :-

पुस्तकालयलाई मासिक रुपमा नियमितरुपमा चन्दा दिनुहुने महानुभावहरुको विवरण :

क्र सं. दानदाताको नाम सहयोग रकम  :        
दलबहादुर खड्का रु.५१                       
मदनराज पाण्डेय  रु.२५                       
युवराज खत्री रु.२५                                  
धर्मसिंह साउँद रु.२५                                   
जनकसिंह खड्का रु.१५                          
कृष्णप्रसाद रावल रु.११                                 
जनकराज जोशी रु.१०
कमल गिरि रु.१०
चित्रराज पनेरु रु.५१                          
१० कृष्ण प्रसाद भट्ट रु.२२                           
११ लोकराज जोशी रु.११                               
१२ वासुदेब भट्ट रु.३०                                    
१३ दुर्गाप्रसाद प्रसाई रु.११                             
१४ राजेन्द्र कुँवर राजु रु.२५                           
 १५ परमानन्द जोशी  रु.२५
 १६ दीलबहादुर बम रु.११
१७ गोपिकान्त शरण रु.११
१८ हेमराज जोशी रु.६०
१९ वासुदेव भट्ट रु.३०
  २० भगिरथ रोश्यारा रु.१०
वार्षिक एकमुष्ठ दानदाता महानुभावहरु :
२१ भोजराज पाठक रु.६००
२२ शान्तबहादुर कार्की रु.६००
२३ सुरत कार्की      रु.६००
२४ पुष्पराज जोशी    रु.६००
२५ तुलसीराम पौड्याल  रु.६००

माथिको यो सबै रकम मिलाएर औसत मासिक आम्दानी रू.७००/– आसपास मात्रै हुने गर्दथ्यो ।  पुस्तकालयलाई पत्र–पत्रिका किन्न, कर्मचारी लाई पारिश्रमिक दिन,विजुलीको वील तिर्न र मसलन्द खर्चका लागि उपर्युक्त रकम पर्याप्त नहुने भए पछि २०५८ सालको तिहारमा अध्यक्ष कृष्णपनेरू वञ्चित कै संयोजकत्वमा देउसी/भैलो खेल्ने उप–समिति गठन गरिएको थियो । उक्त देउसी–भैलोमा स्थानीय अरूणप्रकास पाठक,कृष्णप्रसाद खनाल, विनोद भट्टराई, नविन्दुलाल कर्ण, धनिराम पनेरू, मेघराज खडका, दीर्घराज भट्ट, कुमारप्रसाद निरौला गोपालप्रसाद घिमिरे, लीलाधर बास्कोटा, भीमबहादुर महरा, लोकराज जोशी, देवीदत्त ओझा,हरिलाल ओझा र कुमार घिमिरे लगाएतका अत्तरिया क्षेत्र वरपरका विद्यार्थीहरूकोे समेत सहभागिता रहेको थियो । दुई दिन खेलिएको देउसी÷भैलो बाट रू.११,७३९/– संकलन भएको थियो । २०५९ श्रावण ३१ गते बसेको वैठकले चेतनाको स्वर भित्ते पत्रिकाका संचालक एवं पुस्तकालय कार्य समितिका सदस्य  श्री गोपाल ढुङ्गानाज्यूको विशेष पहलमा उक्त भित्ते पत्रिका विघटन भएपछि पत्रिकाको कोषमा रहेको रू.८०००/– यस पुस्तकालयलाइ सहयोग स्वरूप प्राप्त भएको कुरा उपलब्ध दस्तावेजहरू बाट ज्ञात हुन आउँछ । उक्त पत्रिकाका संचालकहरूमा पुण्यप्रसाद उप्रेती, कमल कार्की, विनोेद भट्टराई, विरेन्द्र भट्ट, कुमार निरौला, अनाडी भोजपुरे, भोजराज लम्साल, मेनुका बराल, लक्ष्मिप्रसाद अधिकारी, स्माईल चौधरी, प्रदिप जोशी, गायत्री भट्टराई विमल खत्री, तेज बहादुर साउद, नरबहादुर महरा, युबराज पाठक, मुन्नाबहादुर दमाई र गोपालप्रसाद ढुंगाना रहेको कुरा श्री गोपाल ढुङ्गाना ज्यूबाट जानकारी भयो  ।

२०५९ साल वैशाख महिनामा राजीनामा दिएपछि सोही साल जेष्ठ १ गते बाट मालाखेती ७ का श्री चन्द्रबहादुर थापा लाई मासिक रू.५००/–पाउने गरी दोश्रो कर्मचारीको रूपमा नियुक्ति दिइयो । त्यसैसाल आषाढ २१ गते यस पुस्तकालयको दोश्रो साधारण सभा पनि बसेको थियो । चन्द्रबहादुर थापाले २०५९ साल मंसिर महिनामा राजीनामा दिए पछी पुस्तकालयका तेश्रो कर्मचारीको रूपमा श्री मीनाकुमारी आचार्य लाई मासिक रू.६००/–पारिश्रमिक पाउने गरी त्यसै साल पुस १ गते बाट नियुक्ती दिइएको थियो । पुस्तकालयका आजीवन सदस्यहरू बाट संकलन भएको आजीवन सदस्यता रकम खर्च नगरी अक्षयकोष स्थापना गर्ने सर्वसम्मति अनुसार २०५९ साल पुस १ गते बाट पुस्तकालयको  मुद्दती खातामा रू. १,००,०००/–  (एक लाख) जम्मा गरिएको थियो ।
             २०६० साल जेष्ठ ३० गते ओरल्ड भिजन कैलालीले यस पुस्तकालय लाई रू.२००००/–को आर्थिक सहयोग उपलब्ध गरायो । जसमध्ये रू.८०००/– को किताव राख्ने दराज बनाइयो भने रू. १२०००/– का पुस्तकहरू किनिएका थिए । २०६१ साल वैशाख महिनामा मीनाकुमारी आचार्यले पनि राजीनामा दिए पछी पुस्तकालयको चौथो कर्मचारीको रूपमा  श्री गोमा आचार्य लाई माथिकै पारिश्रमिकमा २०६१ जेठ ७ गते बाट नियुक्ति दिइएको थियो । कम पारिश्रमिकमा कर्मचारी थोरै समय मात्रै बस्ने समस्या बाट ग्रस्त पुस्तकालयले आर्थिक स्थिती केही सवल बन्दै गए पछी श्री गोमा आचार्य लाई २०६१ साल फागुन १गते बाट मासिक रू. ४०० बृद्धि गरी रू.१०००/– पारिश्रमिक उपलब्ध गराइएको थियो ।
          २०६० सालमा देशमा सामुदायिक अध्ययनकेन्द्रको अवधारणा आएसंगै देशभरिका सबै निर्वाचन क्षेत्रमा एउटा–एउटा सामुदायिक अध्ययनकेन्द्रको स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार कैलाली जिल्ला क्षेत्र नं ५ को अध्ययनकेन्द्र अत्तरियामा संचालनमा आउने भयो । अत्तरिया सामुदायिक अध्ययन केन्द्रका प्रथम संस्थापक एवं तदर्थ समितिका अध्यक्ष पनि श्री कृष्ण दत्त पनेरू वञ्चित नै हुनुहुन्थ्यो । २०६० साल मंसिर ७ गते  देखि २०६२ पुस २७ गतेसम्म उहाँ अध्ययनकेन्द्र तदर्थ समितिको अध्यक्ष समेत रहनु भएको थियो । उहाँले २०६१ सालमा यस अध्ययन केन्द्रको विधान बनाई जिल्ला शिक्षा कार्यालय कैलालीमा दर्ता गराउनु भयो । अध्ययन केन्द्र नियमित संचालन गर्नका लागि अनौपचारिक शिक्षा केन्द्रको निर्देशन अनुसार एकजना  स्थानीय÷विवाहित महिलाको खाँचो भएकोले तदर्थ समितिका अध्यक्ष श्री वञ्चितले लिखित विज्ञापन प्रकाशनगरी मालाखेती गा.वि.स. वडा नं ९ निवाशी श्री धर्मी खड्कालाई अध्ययनकेन्द्र बाट मासिक रू. १,८००/– पारिश्रमिक खान पाउने गरी अध्ययनकेन्द्रकी प्रथम परिचारिकाका रूपमा चयन गर्नुभएको थियो । २०६२ पुस २७ गते अध्ययनकेन्द्रको प्रथम आमभेला बोलाई यस क्षेत्रका श्रोत व्यक्ति श्री भीमबहादुर बलायरको अध्यक्षतामा अत्तरिया सामुदायिक अध्ययन केन्द्रको प्रथम कार्यकारिणी समिति समेत गठन गराइएको थियो । अध्ययन केन्द्र लाई भवन बनाउने ठाउँको आभाव भएकोले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि २०६० साल देखि निरन्तर रूपमा अध्ययन केन्द्रले मासिक रू.२००/– पुस्तकालय लाई आर्थिक सहयोग उपलब्ध गराउने गरी पुस्तकालयकै जमिनमा कटेरो बनाउन जमिन उपलब्ध गराई सामुदायिक अध्ययन केन्द्र अत्तरियाको व्यवस्थापन गरिएको थियो ।
                     यस पुस्तकालयको चौथो साधारण सभा २०६१ साल असोज १६ गते बसेको थियो । उक्त साधारण सभाले २०६१ साल कार्तिक २३ गते दोश्रो कार्य समितिको निर्वाचन गर्ने भन्ने निर्णय गरेको थियो । तदनुसार कार्तिक २३ गते दोस्रो कार्यकारिणी समिति पनि निर्विरोध रूपमा निर्वाचित गरियो । जस अनुसार :
१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री विनोद भट्टराई,
३.सचिव : श्री धनिराम पनेरू,
४.सह–सचिव : श्री वीरबहादुर खत्री,
५.कोशाध्यक्ष : श्री केशव नारायण जोशी,
६.सदस्य : श्री तुलबहादुर साउद
७.सदस्य : श्री कैलाशबहादुर शाही
८.सदस्य : श्री राजेन्द्र प्रसाद भट्टराई
९.सदस्य : श्री देवीदत्त ओझा,
१०.सदस्य : श्री दीपकराज सुवेदी
११. सदस्य : श्री कृष्णप्रशाद भट्ट

दोस्रो कार्यसमितिको प्रथम बैठकले सात जना सल्लाहकार समितिको गठन गरेको थियो । जो निम्नानुसारका थिए :
१.संयोजक : श्री उमाकान्त जोशी
२.सदस्य : श्री दीर्घराज भट्ट,
३.सदस्य : श्री तुलसीराम पौडयाल,
४.सदस्य : श्री पुष्पराज जोशी,
५.सदस्य : श्री शान्तबहादुर कार्की,
६.सदस्य : श्री कुमार निरौला,
७.सदस्य : श्री चिन्तामणि घिमिरे
 । २०६२ साल भाद्र ११ गते बसेको  पुस्तकालय व्यवस्थापन समितिको बैठकले कमजोर आर्थिक अवस्थाका कारण पुस्तकालयले कर्मचारी राख्न नसक्ने निर्णय ग¥यो । कर्मचारी श्री गोमा आचार्यले राजिनामा दिइन् । २०६२ साल असोज १ गते बाट पुस्तकालयको आम्दानी भएसंगै मासिक रू.५००/– पारिश्रमिक पछी एकमुष्ठ पाउने गरी अध्ययन केन्द्रकी परिचारिका श्री धर्मी खड्का लाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि पाँचौं कर्मचारीको रूपमा पुस्तकालय खोल्ने र बन्द गर्ने कार्यको जिम्मा दिइएको थियो ।
         २०६२ साल भाद्र १८ गते मोती जयन्तीका दिन यस प्रतिभा पुस्तकालयको पाँचौं साधारण सभा बसेको थियो । २०६३  साल श्रावण १३ गते पुस्तकालयको खातामा आजीवन सदस्यता वितरण  बाट केही थप रकम संकलन भएकोले  नवजीवन को–अपरेटिभ्स लि. धनगढी कैलालीमा रू.२०,०००/– को ३ वर्षे मुद्दती खाता खोलियो । यसै साल देखि आउँदा केही वर्षहरू सम्म यस पुस्तकालयका आजीवन सदस्य श्री गौरीप्रसाद नाथज्यू ले पुस्तकालयको लेखा परीक्षण कार्य निःशुल्क रूपमा गर्नु भएको थियो । २०६३ साल असोज ७ गते बाट मासिक रू.७००/– को सेवा सुविधा पाउनेगरी मालाखेती गा.वि.स.९ वसन्तपुर निवासी श्री पार्वती जोशी लाई पुस्तकालयको छैठौं कर्मचारीको रूपमा नियुक्ती दिइएको थियो । उहाँले २०६५ पुस ५ गते आफु अविवाहित रहदा सम्म यस पुस्तकालयमा आफ्नो सेवा दिनु भएको थियो  ।
                 २०६४ साल असोज १९ गते यस पुस्तकालयको छैंठांै साधारणसभा बसेको थियो । उक्त साधारणसभाले यसअघि लिइदै आएको आजीवन सदस्यता शुल्क रू.५०५/– लाइ केही बृद्धि गरी रू.७५१/– कायम गरयो । त्यसैदिन नयाँ कार्यसमितिको चयन गर्न श्री तर्कराज भट्टराई ज्यू लाई निजले पुस्तकालयको विधान अनुसार  निर्वाचनमा  भाग लिन नपाउने गरी निर्वाचन अधिकृत चयन  गरियो ।  यसपटक अध्यक्ष  कृष्ण पनेरू बञ्चितले अध्यक्ष पदमा नयाँ ब्यक्तित्वलाई जिम्मेवारी दिने मनसाय प्रकट गरी आफू उमेद्वारी नदिएपछि श्री दु.ल.उ.मा.वी.का शिक्षकद्वय अघिल्लो कार्य समितिका सदस्य तुलबहादुर साउँद र आजीवन सदस्य बालचन्द्र उपे्रतिका बीच अध्यक्षपदका लागी दाबी प्रकट गरी केहीबेर उक्त विषयमा ब्यापक छलफल समेत भयो । आखिरमा साउँदले  आफ्नो उमेद्वारी फिर्ता लिएपछि शिक्षक श्री बालचन्द्र उप्रेतीज्यू लाई नयाँ कार्य समितिको अध्यक्ष पदमा सर्व सम्मतिले निर्वाचित गरीयो । तेस्रो कार्यकारिणी समिति पनि निर्विरोध रूपमा निर्वाचित गरिएको थियो । जस अनुसार :
१.अध्यक्ष : श्री वालचन्द्र उप्रेती,
२.उपाध्यक्ष : श्री राजेन्द्र खड्का,
३.सचिव : श्री धनिराम पनेरू ,
४.सह–सचिव : श्री टेकराज भट्ट,
५.कोषाध्यक्ष : श्री दीपकराज सुवेदी,
६.सदस्य : श्री पुष्पराज भट्ट,
७.सदस्य : श्री कृष्णप्रशाद भट्ट,
८.सदस्य : श्री, लोकराज जोशी,
९.सदस्य : श्री मोती सिंह खत्री,
१०.सदस्य : श्री हरिलाल ओझा,
११.सदस्य : श्री देवीदत्त ओझा
पुस्तकालयमा उपलब्ध दस्तावेज अनुसार यस समितिको प्रथम बैठक २०६४ साल कार्तिक १० गते बसेको पाइन्छ । उक्त  बैठकले आउँदो तिहारमा देउसी÷भैलो खेल्ने निर्णय गरेको थियो तर देउसी/भैलो खेलेको दस्ताबेज भने पाइएन । यस समितिको कार्य कालमा पुस्तकालयमा उपलब्ध दस्तावेज अनुसार सल्लाहकार समितिको गठन गरिएको पाइएन । यो समितिको कार्यकालमा संस्थाको साधारणसभा भएको पनि पाइएन । यसका साथै कुनै साहित्यिक/सांस्कृतिक कार्य भए–गरेको कुनैपनि दस्ताबेज पनि भेटिएन ।
              २०६८ साल वैशाख १७ गते सु–सम्पन्न यस पुस्तकालयको सातौं साधारण सभाले पनि चौथो कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित गरेको थियो । जस अनुसार :
१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री पुष्पराज भट्ट,
३.सचिव : श्री झपट बहादुर कुँवर,
४.सह–सचिव : श्री जयदेव जोशी ‘दार्चुले,
५.कोषाध्यक्ष : श्री दिपकराज सुवेदी,
६.सदस्य : श्री कैलाशबहादुर शाही,
७.सदस्य : श्री देविदत्त ओझा,
८.सदस्य : श्री बीरेन्द्रकुमार चौधरी,
९.सदस्य : स्व.मोती सिंह खत्री,
१०.सदस्य : श्री केशवराज ओझा,
११.सदस्य : श्री माला भण्डारी
निर्विरोध निर्विचित हुनुभएको थियो । यस कार्य समितिको सोहि दिन (२०६८ साल वैशाख १७ गते) बसेको प्रथम बैठकले स्थानीय समाज सेवी श्री तुलसीराम पौडयालको संयोजकत्वमा निम्नानुसारका १४ सदस्यीय सल्लाहकार समितिको गठन गरेको थियो ।
संयोजक : श्री तुलसीराम पौड्याल
सदस्य : श्री पुष्पराज जोशी,
सदस्य : श्री कुमार निरौला,
सदस्य : श्री विनोद भट्टराई,
सदस्य : श्री तर्कराज जोशी,
सदस्य : श्री शिवराज जोशी,
सदस्य : श्री तुलबहादुर साउँद,
सदस्य : श्री बालकृष्ण उप्रेती,
सदस्य : श्री दलबहादुर खड्का,
सदस्य : श्री नरेन्द्रबहादुर शाहि,
सदस्य : श्री निर्मलकुमार भण्डारी,
सदस्य : श्री शान्तबहादुर कार्की,
सदस्य : श्री खम्ब सिंह बुढा,
सदस्य : श्री दुर्गा प्रसाई ।
पुस्तकालयको  विधानमा सल्लाहकार गठन सम्वन्धी कुनै लिखित व्यवस्था नभएकोले विभिन्न कार्य कालमा फरक–फरक संख्यामा सल्लाहकारहरूको गठन भए–गरेको पाइन्छ ।
  पुस्तकालयको कच्चीघरको छाना टिनले छाएको हुनाले प्रतेक साल वैशाख÷जेष्ठ महिनामा आउने  भयंकर हावा–हुरीले पुस्तकालयको टिनको छाना उडाई पुस्तकालय भित्र पानी पसी कैंयांै पटक पुस्तकहरूलाइ पनि क्षति पु¥याइसकेको थियो । अध्यक्ष वञ्चितले पुस्तकालयको पक्की भवन बनाउने कुरामा चिन्तन गर्न लाग्नुभयो । त्यतिवेला उहाँ आफ्नो ४० वर्षे शिक्षणपेशा बाट सेवानिवृत भैसक्नु भएको थियो । उहाँले आफ्नो बाँकी अमूल्य समय पुस्तकालयको लागि समर्पित गर्ने दृढ संकल्प लिनुभयो । उहाँ दैनिक जसो पुस्तकालय  परिसरमा आउनुहुन्थ्यो २/४ घण्टा बसेर जानु हुन्थ्यो । सर्वप्रथम उहाँले विभिन्न सरकारी र गैर सरकारी दात्री निकाय बाट सहयोग प्राप्त गरी पक्की भवन बनाउने प्रयास गर्नुभयो । त्यो प्रयास सफलहुन नसके पछी उहाँले व्यक्तिगत चन्दा उठाएरै भएरपनि पक्की भवन बनाएरै छाड्ने प्रतिबद्धता लिनुभयो । यो इच्छा उहाँले सर्वप्रथम आफ्नो छोरा श्री चित्रराज पनेरूलाई व्यक्त गरे पछि छोरा चित्रराज पनेरू बाट रू.५१,१११ /– चन्दा प्राप्त भएको थियो । त्यसपछी उहाँ आफ्ना साथी–भाई इष्टमित्र, विद्यार्थी, व्यापारी, शिक्षक सबै बाट रू.५०००/– भन्दा माथिको चन्दा संकलन तिर लाग्नु भयो र सफल हुनुभयो ।
         यस पुस्तकालयको २०६८ साल श्रावण ७ गते बसेको कार्यसमितिको बैठकले पुस्तकालयको पक्की भवन बनाउने विषयमा व्यापक छलफल गरयो । भवन निमार्णको मुख्य बाधा अर्थ संकलन कार्य थियो । अध्यक्ष ‘वञ्चित’ले आफू अर्थ संकलनकार्यको संयोजक बन्ने जिम्मेवारी लिन तयार भएको इच्छा व्यक्त गरे पछि बाँकी उप–समितिहरू पनि त्यसै दिन गठन गरिए । जस अनुसार ः

 अर्थ संकलन समिति                     

संयोजक : कृष्णदत्त पनेरू ‘वञ्चित,                   
सदस्य : पुष्पराज जोशी                                   
सदस्य : सन्तबहादुर कार्की                             
सदस्य : तुलसीराम पौडेल                              
सदस्य : चिन्तामणी घिमिरे                               
सदस्य : नरेन्द्र बहादुर शाही                            
सदस्य : दुर्गा प्रसाई                
                      

भवन निर्माण समिति

१ संयोजक : गोकर्ण भट्ट
२ सदस्य : कृष्णराज सुवेदी
सदस्य : टिकादत्त जोशी
 ४ सदस्य : लोकराज पाण्डे
 ५ सदस्य : मेघराज भट्ट
 ६ सदस्य : नन्दराज भट्ट
 ७ सदस्य : पुष्पराज भट्ट

तत्कालिन गेटा गा.वि.स.का प्राविधिक श्री लाल बहादुर ऐर ज्यूले पुस्तकालयको २० पिल्लर युक्त, सेप्टिक टैंक र २२०० बर्गफुट क्षेत्रफल सहितको नक्सा निःशुल्क रूपमा बनाई प्राविधिक सहयोग गर्नु भएको थियो । २०६८ साल मंसिर १७ गते बसेको बैठकले प्राविधिक श्री लालबहादुर ऐर ज्यूले बनाएको नक्सा अनुसारको पुस्तकालयको भवन निर्माण गर्ने कुरा सर्व सम्मतिले पारित गर्यो । त्यसै दिन पुस्तकालयको कटेरो बढाबढमा निलाम गर्ने,पुस्तकालयका पुस्तकहरू नयाँभवन निमार्ण नभएसम्म अध्यक्षज्यूको घरमा राख्ने, दैनिक आउने पत्रपत्रिकाहरू पौष १ गते बाट बन्दगर्ने, र पुस्तकालयका दराज,फर्निचरहरू ट्रकव्यवसायी यूनियन अत्तरियाको कार्यालयमा राख्ने, निर्णय पनि सर्व सम्मतिले पारित भयो । २०६८ साल पौष १६ गते पुस्तकालयको जग निर्माण कार्य पुस्तकालयको आफ्नै रकमले गर्ने निर्णय सर्व सम्मतिले परित भएको थियो । २०६८ साल माघ ७ गते ठेकेदार श्री अनवर हुसेन संग रू.३,४०,०००/– मा पुस्तकालयको भवन निर्माण कार्यको एग्रीमेन्ट भएको थियो । जस अनुसार निजले डि.वि.सी.कार्य सकिएपछी रू.६० हजार, राउण्ड बीम हाली सके पछि रू.७० हजार, सेटरिङ्ग कार्य सकिएपछी रू.७० हजार, लेन्टर पछी रू.७० हजार, र प्लाष्टर कार्य सकिएपछीे रू.७० हजार पाउने सम्झौता भएको थियो ।
                  २०६८ साल माघ १४ गते वसन्तपंञ्चमीका दिन यस श्री प्रतिभा पुस्तकालय अत्तरिया कैलालीकोे कार्य समितिका अध्यक्ष श्री कृष्णदत्त पनेरू ‘वञ्चित’ ज्यूको हातवाट विधिवत पुजा–आजा गरी शिलान्यास कार्य सु–सम्पन्न भएकोथियो । सुरूका दिनहरूमा भवन निर्माण कार्य द्रुतगतिले अगाडि बढे पनि ,२०६९ साल वैशाख÷जेष्ठ महिनामा भएको अखण्ड सुदूरपश्चिम अन्दोलनका कारण निर्माण कार्य दुई महिना सम्म स्थगित हुनगएको थियो । पुस्तकालयको जग निर्माणकार्य समाप्ति संगै पुस्तकालयको खातामा रकम पनि समाप्त भैसकेको थियो । पुस्तकालयको  बाँकी निर्माण कार्य अगाडी बढाउन अन्य कुनै विकल्प नभए पछि २०६९ साल श्रावण २ गते बसेको वैठकले  पुस्तकालयको भुइँतलामा ३ सटरहरू बनाउने र ती सटरहरू लिनचाहने इच्छुक व्यक्तिले पुस्तकालय व्यवस्थापन समितिले निर्धारण गरेबमोजिमको अग्रीम धरौटी रकम पुस्तकालय लाई प्रदान गर्नु पर्ने भनि १५ दिने सूचना प्रकाशन गरेको थियो । व्यापारीहरूले पुस्तकालय लाई बाधा पर्ने प्रकारका व्यवसायहरू  संचालन गर्न नपाउने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको थियो । त्यसै साल मंसिर २६ गते बसेको वैठकले व्यवसायको प्रकारका आधारमा सदर भएका कोटेशनहरू मध्ये श्री मोतीराम बोहरा बाट रू.६,०१,००१/- श्री गोपाल ढुङ्गाना बाट रू. ५,०१,००१/- र श्री योग्यराज ओझाबाट रू.४,०१,००१/– गरि जम्मा रू. १५ लाख ३ हजार ३ रूपैयाँ सटर धरौटी वाफत लिने र धरौटीवाफत हुन आउनेरकमको २५% व्यापारीहरूले तुरन्तै पुस्तकालयको खातामा जम्मा गर्नुपर्ने भन्ने निर्णय सर्व सम्मतिले पारित गरेको थियो । पुस्तकालय लाई  नयाँ भवन निमार्णको क्रममा आईपर्ने आवश्यक सवै काम गर्न सक्ने, दक्ष, इमान्दार र आवश्यक परे राती पनी खट्न सक्ने एकजना स्थानिय पुरूष कर्मचारीको आवश्यकता थियो । २०७० साल वैशाख ६ गते बसेको कार्यसमितिको बैठकले पुस्तकालयको स्थाई आयश्रोत बृद्धि संगै पारिश्रमिक पनि बृद्धि गर्ने र हाललाई मासिक रू.४,०००/– पारिश्रमिक मात्र उपलब्ध हुन सक्ने भनि नयाँ कर्मचारी आवश्यकताका लागि १५ दिने सूचना प्रकाशन गरेको थियो । सोहि साल जेष्ठ ३ गते बसेको कार्यसमिति र निर्माण समिति दुबैको संयुक्त वैठकले प्राप्त निवेदनका आधारमा  तत्कालिन मालाखेती गा.वि.स.७ बस्ने श्री लेखराज जोशी लाई यस पुस्तकालयको सातौं कर्मचारीको रूपमा चयनगरी नियुक्ति दिइएको थियो । जो हालसम्म यस पुस्तकालयमा ग्रन्थपालको रूपमा कार्यरत हुनुहुन्छ । २०७० साल भाद्र १ गते पुस्तकालयको भँुईतलाको निर्माणकार्य सु–सम्पन्न भयो । विद्युतमिटर जडान संगै व्यापारी हरूलाइ सटर हस्तान्तरण गरियो । त्यसै दिन बसेको कार्य समितिको वैठकले तदर्थ निर्माण समितिका सदस्य ज्यूहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरेको थियो । उक्त वैठकले सवै व्यापारीज्यूहरू वाट आउदो कार्तिक १ गते बाट मात्रैलागु हुने गरी पूर्व निर्धारित सटरभाडा लिने भन्ने निर्णय सर्व सम्मतिले पारित गरेको थियो ।
       पुस्तकालयको भुइँतला निर्माण कार्य सुसम्पन्न भए संगै पुस्तकालयको वास्तविक प्रयोजनको लागि आवश्यक माथिल्लोतला निर्माणका लागि आवश्यक रकम पुस्तकालयसंग थिएन । २०७० साल असोज १२ गते बसेको वैठकले पुस्तकालयको माथिल्लो तला निर्माण गर्नका लागि निर्माण उप–समिति गठन नगरी तत्कालिन कार्य समितिकै रोहबरमा कार्य अघि बढाउने निर्णय सर्व सम्मतिले पारित गरेको थियो । त्यसै साल असोज २२ गते वसेको बैठकले पुस्तकालयको २२०० वर्ग फिट लेन्टर ढलान र २० पील्लर ढलान गर्न रू. १ लाख ७५ हजार नबढ्नेगरी घटा–घटमा ठेक्का बोली ठेक्का रकम सिलबन्द खाममा पेशगर्ने भनी १५ दिने सूचना प्रकाशन गरेको थियो । चौमाला गा.वि.स. ८ वनवेहेंडा का ठे.श्री टोपराज शर्माज्यूकोे सवैभन्दा कम ठेक्का रकम रू.१ लाख ६१ हजार पाइएपछी उक्तकाम निजलाई नै दिइएको थियो । २०७० साल कार्तिक २८ गते पुस्तकालयको माथिल्लो तलाको लेन्टर हालिएको थियो । २०७० साल मंसिर १५ गते बसेको विशेष बैठकले  :

१.मालाखेती गा.वि.स. वडा नं ९ निवासी श्री सुरतबहादुर कार्की,
२.मालाखेती गा.वि.स. वडा नं २ निवासी श्री टेकराज भट्ट ‘काजी’
३.धनगढी नगरपालिका वडा नं ३ विशालनगर निवासी श्री भोजराज पाठक,


४.मालाखेती गा.वि.स. वडा नं ७ अत्तरिया निवासी 
(तत्कालिन कार्य समिति अध्यक्ष समेत रहनु भएका) श्री  कृष्णदत्त पनेरू ,
     
गरि जम्मा चार जना दानदाताले पुस्तकालयको माथिल्लो तल्ला निर्माण कार्यका लागि पूर्व प्रतिवद्धता जाहेर गरे अनुरूप प्रतिकोठाको अनुमानित लागत रू.दुई लाखका दरले जम्मा रू. आठ लाख रूपैंयाँको चेक पुस्तकालयका कोषाध्यक्ष श्री दिपकराज सुवेदीज्यू लाई हस्तान्तरण गर्नु भएको थियो । २०७० साल पुस महिनाबाट लागुहुने गरी पुस्तकालय कर्मचारी श्री लेखराज जोशी को पारिश्रमिक रू. १०००/– बृद्धि गरी रू.५,०००/– कायम गरिएको थियो । २०७० साल पौष २० गते वसेको वैठकले  माथिल्लो तलाको चिनाई एवं प्लस्तरकार्य प्रचलित दर–रेट अनुसारको पारिश्रमिकमा  ठे.धर्मराज शर्माज्यू मार्फत गराउने निर्णय सर्व सम्मतीले पारित गरिएको थियो । उहाँले रू.५० हजार पेश्की माग गर्नु भएकोले सो रकम पनि उहाँलाइ दिने निर्णय सर्व सम्मति ले पारित गरीएको थियो । २०७० साल फागुन १० गते भुई तलामा पुस्तकालयले प्रयोग गर्दै आइरहेको सटर भाडामा दिने निर्णय सर्व सम्मतिले पारीत भएको थियो । सो सटर धापा गा.वि.स.२ जुम्ला का श्री जानकी दत्त प्याकुरेल ज्यूलाई रू.२,००,२०२/– अग्रीम धरौटि र मासिक भाडा रू. २०००/– तिर्ने सम्झौतामा ५ वर्षको लागी २०७१ वैसाख १ गते वाट उपलब्ध गराइएको थियो । २०७१ साल चैत्र १ गते बसेको बैठकले पुस्तकालयका झ्यालहरूमा ग्रील लगाउन सवै भन्दाकम रकम (रू.१०० प्रतिकिलो) बोल्ने भागेश्वर मेटल उद्योग राजपुर कैलालीका ब्यापारी श्री मनोजकुमार चटौत ज्यू वाट आवश्यक ग्रीलहरू बनाउन लगाउने निर्णय सर्व सम्मति ले पारित गरेको थियो ।  २०७१ साल वैसाख ६ गते बसेको वैठकले पुस्तकालयमा कोठा निर्माण गर्नु हुने दानदाता महानुभावज्यू हरू बाट थप रकम रू.२५,०००/– माग गर्ने निर्णय सर्व सम्मतिले पारित गरेको थियो । २०७१ बैशाख २० गते को वैठकले पुस्तकालयको माथिल्लो तलामा रहेको खालिकोठा श्री लाल बहादुर मल्ल ज्यू लाई रू. ५० हजार धरौटी र १५ सय मासिक भाडा पर्ने गरी २ बर्षका लागी प्रदान गर्ने निर्णय सर्व सम्मतीले पारीत गरेकोे थियो । २०७१ जेष्ठ १७ गते बसेको वैठकले पुस्तकालयलाई रू.५,०००/– भन्दा बढी दान गर्ने दान दाता महानुभावज्यूहरूको शिलालेखमा नाम लेख्ने पुस्तकालयको पुर्व निर्णय अनुसार गेटा निवासि श्री मानसिंह धामी ज्युलाई प्रतिवर्ग फुट पथ्थर सहितको लेखाईको रू.१०००/– कादरले  ३५ फुटको जम्मा रू.३५,०००/– को शिलालेख लेखाउने निर्णय सर्व सम्मतिले पारित गरिएको थियो ।
        २०७१ साल कार्तिक २९ गते बसेको यस पुस्तकालयको आठौं साधारणसभाले नयाँ कार्यसमितिको गठनका लागी श्री दुर्गालक्ष्मी व.क्याम्पस अत्तरियाका प्राध्यापक श्री ऋषी राज जोशी ज्यूलाई निर्वाचन अधिकृतको जिम्मेदारी दिएको थियो । त्यसै दिन सर्वसम्मतिले पाँचौं कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित गरेको थियो । जस अनुसार :
१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री टि.एन. जोशी किशोर,
३.सचिव : श्री लिलाधर बास्कोटा
४.सह–सचिव : श्री चन्द्रबहादुर विष्ट,
५.कोशाध्यक्ष : श्री माला भण्डारी,
६.सदस्य : क्रमशः श्री यज्ञराज हमाल
७.सदस्य : श्री नरेन्द्रराज भट्टराई,
८.सदस्य : श्री धर्मी खड्का, र
९.सदस्य : श्री राजबहादुर कडायत
   मनोनित दुईजना सदस्यहरूमा :
१०.सदस्य : श्री निर्मलकुमार भण्डारी,
११.सदस्य : गीरी सिंह बोहरा
हुनुहुन्थ्यो । आठौं साधारण सभाले श्री प्रतिभा पुस्तकालयको नामको बिचमा सामुदायिक भन्ने शब्द थप गरेर नयाँ नाम ‘श्री प्रतिभा सामुदायिक पुस्तकालय, पारित गरेको थियो । साथै कार्यसमितिको निर्वाचन हुँदा दुई जना कार्य समिति सदस्य निर्वाचित कार्यसमितिका सदस्यहरूले मनोनित गर्ने पाउँने व्यवस्था गरि विधान परिमार्जन गरियो । यसरी पुस्तकालयको हितमा समाजमा रहेका प्राज्ञ एवम् विद्वत् महानुभावलाई सिधै कार्य समितिमा ल्याउने नयाँ व्यवस्था बनाइएको थियो । यस पटकका सल्लाहकार सदस्यहरूमा :
१.संयोजक : श्री पुष्पराज जोशी
२.सदस्य : श्री उमाकान्त जोशी,
३.सदस्य : श्री टेकराज भट्ट,
४.सदस्य : श्री शान्तबहादुर कार्की
५.सदस्य : श्री पदमराज जोशी ‘प्रभात,
६.सदस्य : श्री भोजराज पाठक,
७.सदस्य : श्री सुरतबहादुर कार्की,
८.सदस्य : श्री गोकर्ण भट्ट,
९.सदस्य : श्री शिवराज जोशी,
१०.सदस्य : श्री नरेन्द्रशाही
११.सदस्य : श्री हरि भट्टराई
गरिजम्मा एघार जना सल्लाहकारहरूको समिति गठन गरिएको थियो । आठौं साधारण सभावाट निर्वाचित समितिले पुस्तकालयको नवनिर्मित २ तले पक्की भवनको समुद्घाटन २०७२ साल बैशाष १४ गते का दिन एक भव्य समारोहका विच सु–सम्पन्न गर्ने प्रस्ताव पारीत गर्यो । पारित प्रस्ताव अनुसार सवै पूर्ब तयारी मञ्चनिर्माण ,निमन्त्रणा, पत्राचार इत्यादीलाई अन्तिमरूप दिईदै गर्दा अकस्मात आएको प्रलयङ्कारी भू–कम्पले देशमा धैरै धन–जनको क्षति भएको समाचार आयो । हजारौ निर्दोश दाजु–भाई को मृत्यु भएको त्यस दुःखद क्षणमा मृतात्माको चिरशान्तिको कामनागर्दै भवन समुद्घाटन कार्यक्रम एकमहिना कालागी स्थगित गरिएको थियो । उक्त स्थगित कार्यक्रम २०७२ साल आषाढ १९ गते विधीवत् रूपमा सु–सम्पन्न भयो । प्रमुख आमन्त्रित सदस्य नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीज्यूका करकमलबाट दुई तले पुस्तकालय भवनको समुद्घाटन भएको थियो । समुद्घाटन समारोहमा यस क्षेत्रका अधिकांश प्राज्ञ ब्यक्तित्वहरूको उपस्थिति रहनुकासाथै स्थानिय समाज सेवी, ब्यापारी, महिला, शिक्षक, र बुद्घीजीवीहरूको उल्लेख्य उपस्थिति थियोे ।अर्को वर्ष २०७३ सालमा कैलाली जिल्लाका सु–प्रसिद्ध शिक्षा सेवी व्यक्तित्व श्री बद्रीनाथ भण्डारी ज्यूले पुस्तकालयको सभाकक्षमा अल्मोनियमका झ्यालका पल्लाहरु लगाउनका लागि रु. एक लाख आर्थिक सहयोगमा गर्नु भएको थियो ।

 पुस्तकालयको नियमित नवौं साधारण सभा वि.स.२०७२ साल फाल्गुन २९ गते र नियमित दसौं साधारण वि.स. २०७३ साल माघ २२ गते बसेको अभिलेख पाइएको छ ।
        यसरी चारपटक सो संस्थाको अध्यक्ष रहँदा संस्थालाई आफ्नै दुई तले व्यवस्थित भवनमा स्थापित गरी कवि कृष्ण पनेरू वञ्चितले स्वेच्छाले २०७५ को बैशाख महिनामा सम्पन्न एघारौं साधारण सभाबाट नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नु भएको थियो । २०७५ साल वैशाख ८ गते भएको संस्थाको एघारौंं साधारण सभामा सर्व सम्मत रूपमा गोदावरी न.पा.वडा नं.४ कैलाली निवासी अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनु भएका स्थानीय समाजेवी श्री पुष्पराज जोशीको अध्यक्षतामा निम्नानुसारको छैठौं कार्यकारिणी समिति समिति गठन गरिएको थियो :
१.अध्यक्ष : श्री पुष्पराज जोशी
२.उपाध्यक्ष :  श्री शान्तबहादुर कार्की
३.सचिव : श्री पदमबहादुर साउँद
४.कोषाध्यक्ष : श्री माला भण्डारी
५.सह–सचिव : श्री राजबहादुर कडायत
६.सदस्य : श्री डा.टी.एन.जोशी
७.सदस्य : श्री नरेन्द्रराज शर्मा
८.सदस्य : श्री नरेन्द्रराज भट्टराई
९.सदस्य : श्री कालीमाया भट्टराई
१०. मनोनित सदस्य : श्री धर्मी खड्का
११. मनोनित सदस्य : श्री लीलाधर बास्कोटा
रहनु भएको थियो । यो समितिको प्रथम बैठक २०७५ साल वैशाख १० गते बसेको थियो । उक्त बैठकमा निम्नानुसारको सल्लाहकार समिति गठन गरिएको थियो :
१.संयोजक : श्री कृष्णपनेरू ‘वञ्चित,
२.सदस्य : श्री कुमार प्रसाद निरौला,
३.सदस्य : श्री विनोदकुमार भट्टराई,
४.सदस्य : श्री निर्मलकुमार भण्डारी,
५.सदस्य : श्री प्रदीपराज पन्त,
६.सदस्य : श्री डा. लक्ष्मीराज पाठक
७.सदस्य : श्री शिवराज जोशी,
८.सदस्य : श्री कृष्णराज ओझा,
९.सदस्य : श्री सुरतबहादुर कार्की,
१०.सदस्य : श्री कृष्णराज सुवेदी,
११.सदस्य : श्री हरिसिंह साउँद,
१२.सदस्य : श्री रत्ना कडायत,
१३.सदस्य : श्री बद्रीनाथ भण्डारी
१४.सदस्य : श्री हेमराज पन्त
१५.सदस्य : श्री यज्ञराज हमाल
यसरी कुल १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो ।
पुस्तकालयका वर्तमान अध्यक्ष श्री पुष्पराज जोशीको अध्यक्षतामा मिति २०७६ साल बैसाख ४ गतेका दिन बृहद् आमभेला बोलाइयो । उक्त आमभेलाले पुस्तकालयको दोस्रो तलामा भव्य सभाहल बनाउने निर्णय पारित गर्यो । सो कार्यगर्नकालागि पुस्तकालयको आर्थिक स्रोतले नभ्याउने हुँदा गोदावरी नगरपालिका संग आर्थिक सहयोग माग गरियो । नगरपालिकाबाट उक्त योजना स्वीकृत भएपछि गोदावरी नगरपालिका र पुस्तकालयका बिच २०७६ बैसाख १६ गते सभाहल बनाउने सम्वन्धि सम्झौता भयो । जस अनुसार क्षेत्रिय शहरी विकास आयोजना बाट रू. १२,३५,०००/– गोदावरी नगरपालिका बाट रू. ७,४५,०००/– र उपभोक्त समितिबाट रू २,११,०४५/– प्राप्त हुने गरी जम्मा रू.२२,११,०४५/– बराबरकोे इष्टमेट तयार गरियो । उक्त सभाहल निर्माण गर्नकालागि निम्नानुसारको उप–समिति गठन गरिएको थियो ।
पुस्तकालय सभाहल निर्माण उपभोक्ता समिति :
१.अध्यक्ष : शान्तबहादुर कार्की
२.कोषाध्यक्ष : धर्मि खडका
३.सचिव : लिलाधर बास्कोटा
४.सदस्य : तेजराज भट्ट
५.सदस्य : राजबहादुर कडायत
६.सदस्य : कमला भट्टराई
७.सदस्य : नरमाया कार्की
पुस्तकालय सभाहल निर्माण अनुगमन समिति :
१.संयोजक : खडकराज जोशी
२.सदस्य : चित्र कुमार भट्ट
३.सदस्य : भिमबहादुर चन्द
४.सदस्य : विश्वनाथ ओझा
५.सदस्य : नन्दा जोशी
यो लेख तयारपार्दा सम्म सभाहल निर्माण सम्वन्धि अधिकांश कार्य सु–सम्पन्न भइसकेको थियो । २०७६ साल श्रावण २५ गते यस पुस्तकालयको बाह्रौं साधारण सभा बसेको थियो । उक्त साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी हुनुहुन्थोे भने विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकी उप–प्रमुख श्रीरत्ना कडायत रहनुभएको थियो । बाह्रौं साधारण सभामा उहाँहरु दुबै जनाले प्रतिभा सामुदायिक पुस्तकालयलाई आफू सक्दो सहयोग गरि रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यसै गरेर यस पुस्तकालयमा मिति : २०७६ साल फागुन २९ गते “मुडभरी साहित्य पुरस्कार–२०७६”को स्थापना गरिएको छ । अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप–प्राध्यापक श्री जनकराज जोशी ज्यूको सहयोगबाट रु.१,५२,०३१/– (अक्षेरिपि : एक लाख बाउन्न हजार एकतीस) रुपैयाँको अक्षयकोष खडा गरी सो रकमको व्याजबाट प्राप्त हुने रकम पुरस्कारका रुपमा वितरण गर्ने गरी यो पुरस्कारको स्थापना गरिएको हो । पूख्र्यौली घर जिल्ला डोटी, मुडभरा भई हाल गो.न.पा.२ अत्तरिया बस्ने स्व.अनिरुद्र जोशीका नाती, श्री ईश्वरीप्रसाद जोशी तथा पार्वतीदेवी जोशीका सुपुत्र जनकराज जोशीले त्यसै दिन बसेको पुस्तकालय कार्यसमितिको बैठकमा रु.१,५२,०३१/– रुपैयाको चेक पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीज्यूलाई हस्तान्तरण गर्नु भएको थियो । यो पुरस्कार सुदूरपश्चिम प्रदेशभित्र बसोवास गर्ने साहित्यकारहरुलाई प्रदान गरिने छ । साहित्यकारहरुको साहित्यिक योगदानको मुल्याङ्कन गरी यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिनेछ । पुरस्कृत साहित्यकार छनौट गर्नका लागि पुस्तकालय कार्यसमिति मध्येबाट एक जना तथा अन्य साहित्यकारहरुबाट दुई जना गरि जम्मा तीन सदस्यीय मूल्याङ्कन उप–समिति गठन गरी सो समितिको मूल्याङ्कनको आधारमा वर्षको एक पटक पुस्तकालयले आयोजन गर्ने विशेष समारोहमा नगद धनराशी तथा प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कारका लागि अक्षयकोषमा राखिने रु.१,५२,०३१/– (अक्षेरिपि : एक लाख बाउन्न हजार एकतीस रुपैयाँ) को एक वर्षमा प्राप्त हुने व्याजको २० प्रतिशत साँवामा गाभ्दै जाने र बाँकी ८० प्रतिशत रकम पुरस्कारका लागि खर्च प्रावधान बनाइएको छ भने पुरस्कारको राशी रु. ११,१११/– भन्दा कम नहुने व्यवस्था मिलाइएको छ ।
                       सबै तहका पाठकहरूलाई निःशुल्क रूपमा पत्र–पत्रिका र रूचि अनुसारका पुस्तकहरू पढ्न उपलब्ध गराउनु यस पुस्तकालयको प्रमुख उद्देश्य हो । यस पुस्तकालयको सभाकक्षमा बेला–बेलामा आयोजन भइरहने विविध साहित्यिक गतिविधि द्वारा स्थानिय मौलिकता, भाषा र संस्कृतिको जगेर्ना गर्नमा उल्लेख्य टेवा पुगेको छ । नयाँ पिढी का युवाहरूमा स्थानीय गीत, साहित्य र कविता लेखन प्रति थप उत्साह जागेको छ । यस पुस्तकालयमा यो लेख तयार पार्दा सम्म ४१९ जना आजीवन सदस्यहरू दर्ता भएका छन् । पुस्तकालयको एउटा कोटामा छुट्टै ई–लाईब्रेरी कक्ष स्थापना गरिएको छ । जसमा साझा शिक्षा ई–पाटीको सर्भर जोडेर चारवटा कम्प्युटरको माध्यमबाट विभिन्न ई–पुस्तकहरू विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । साथसाथै यसमा इन्टरनेट पनि जडान गरिएको छ । त्यस्तै विगत दुई वर्ष देखी प्रत्येक महिनाको अन्तिम शनीवारका दिन पुस्तकालयको सभाकक्षमा नियमित रचना वाचन कार्यक्रम ‘प्रतिभा सङ्गम’ चली रहेको छ । भानुजयन्ती, मोतिजयन्ती ,पुस्तकालय दिवस,पृथ्वी दिवस तथा वसन्त पञ्चमीका दिनमा यस क्षेत्र वरपरका विद्यलयहरू संङ्ग सहकार्य गरेर हाजीरी जवाफ प्रतियोगिता,कविता वाचन, ड्यौडा प्रतियागिता ,निवन्ध लेखन, चित्रकला प्रतियोगीता जस्ता कार्यक्रमहरू चलाइने गरिएको छ ।

यस पुस्तकालयमा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गत वर्ष २०७६ साल देखी वरल्ड लिंकको फ्री वाइफाइ जडान गरिएको छ । यो वाइफाइ चलाउदा पासवर्ड हानी राख्नु पर्दैन । सिष्टमले मोवाइल नम्बर माग्दछ । त्यो हालेपनि सिष्टमले ओ.टी.पी.पासवर्ड आफै पठाइदिन्छ । प्रत्येक दिनमा एक जना पाठक लाई एक जी.वि. डाटा फ्री पाइने व्यवस्था मिलाइएको छ । ५०० एम.बि. सुरुमा सिधै आउँछ । बाँकी ५०० एम. बी. कोरोना भाइरस सम्वन्धि ३० सेकेण्डको भिडियो हेरेपछि पाउँने व्यवस्था गरिएको छ । गोदावरी न.पा.को यो व्यवस्थाले गर्दा अनलाइन पढ्ने विद्यार्थीहरु, भर्चुअल बैठक गर्नेहरु र विदेशमा रहेका आफ्ना आफन्तजन संग प्रत्यक्ष भिडियो कल गर्नेहरुलाई धेरै फाइदा पुगेको छ । 

 हाल यस पुस्तकालयमा विविध विधाका २४०० बढी पुस्तकहरु संग्रहित छन् । त्यसै गरेर दैनिक,साप्ताहिक,मासिक,द्वैमासिक र अर्धवार्षिक गरेर १७ प्रकारका पत्र–पत्रिकाहरु यहाँ आउने व्यवस्था मिलाइएको छ । पुस्तकहरू र पत्र–पत्रिहरूका अध्ययन गरेवाफत पाठकहरू संग कुनै पनि किसिमको शुल्क इत्यादि लिइदैन । पुस्तकालयका आजीवन सदस्यज्यूहरू लाई पुस्तक एक हप्ताको लागि घर लगेर पढ्न पाईने व्यवस्था पनि मिलाइएकोे छ, तर पत्र–पत्रिकाहरू भने पुस्तकालयमा नै बसेर अध्ययन गर्नु पर्ने नियम छ । संस्थाको एघारौं साधारण सभाबाट आजीवन सदस्यता शुल्क रू.२,५००/– पारित गरिएको छ । स्रोत र साधनको शून्यताबाट शुरू भएको पुस्तकालय निर्माण अभियान अन्तत आजको अवस्थामा आइपुगेको छ । यस पवित्र कार्यको विभिन्न कालखण्डमा सहभागि हुनुभएका वुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, उद्योगी, व्यापारी लगायतले विभिन्न चरणमा पुरयाउनु भएको भौतिक, आर्थिक, मानवीय तथा श्रमको उच्च मूल्यांकन गर्दै हार्दिक आभार व्यक्त गरिन्छ ।
विभिन्न आरोह–अवरोह पार गर्दै आइरहेको यस अभियानका अगाडि अझ पनि धेरै चुनौतिहरू रहेका छन् । पुस्तकालयलाई समाजको आवश्यकता अनुकुल विकास गर्नु पर्ने दायित्व हामी सबैको रहि आएको छ । यस पवित्र कार्यकालागि पुस्तकालय परिवार सधैं दत्त चित्त रहने छ । अस्तु ।



No comments:

Post a Comment